अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गर्ने एक पक्राउ

1 Min Read

रोजगारीका लागि अमेरिका पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नपा-१२ स्थायी घर भई हाल काठमाडौँ चन्द्रगिरी नपा-७ बस्ने ३० वर्षीय रञ्जन पाण्डेले अमेरिका पठाइ दिनेभन्दै पीडितबाट पचहत्तर लाख पचास हजार रुपियाँ ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar