
काभ्रेको विकट खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गा पुग्ने बाटो वर्षा र सरकारी बेवास्ताले बन्द भएको अवस्थामा – खानीखोलाका ५० जना भन्दा धेरै युवा दस्ता अहिले विकासको पहिलो मोर्चामा उभिएका छन्।

मकवानपुरको बागमती गाउँपालिका–५ हुँदै खानीखोला पुग्ने उकालोबाटोमा उनीहरूले झण्डै ११० मिटर ढलान निर्माण कार्य अति जोखिमपूर्ण अवस्थामा सम्पन्न गरेका छन्।

न बाटो, न पानी, उकालो–ओरालो, हिलो–पहिरो र जोखिमबीच पनि उनीहरूले श्रमदान, आर्थिक सहयोग, र इच्छाशक्तिको बलमा बाटो निर्माण गरिरहेका छन्।
अभियानको लागि ५९ जनाबाट १ लाख ४२ हजार रुपैयाँ सहयोग संकलन भएको थियो ।











प्रतिक्रिया दिनुहोस
















