आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार

0 Min Read

२३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले विपक्षी दलहरुलाई फकाउन सांसदका योजनामा बजेट थप्दैछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयलाई सांसदका योजनामा बजेट थप्न यसअघि नै पत्राचार गरिसकेको छ । सम्बन्धित मन्त्रालयहरुले योजनाको विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई २ करोड सिलिङ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar