कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप

1 Min Read

सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबा फरार भएका छन् । वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा फरार भएका हुन् । क्यान्सर, सुगर, रक्तचाप, पत्थरी लगायतका विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले  बताए ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar