क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो

1 Min Read

 इन्डियन प्रिमियर लिग (आईपीएल)बाट यसअघि नै बाहिरिएका दुई टोलीबीच आइतबार भएको खेल रोचक बनेको छ। उक्त खेलमा सनराइजर्स हैदरावादले कलकता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ। सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कलकता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो।

क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको हो। क्लासेनका अलावा ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे। अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar