‘टुच्च लायासी’ नेत्र भण्डारीले पूर्णकला विसीलाई के के गर्छन

1 Min Read

लोकप्रिय लोक तथा दोहोरी गायक नेत्र भण्डारीको नयाँ गीत ‘टुच्च लायासी’ सार्वजनिक भएको छ। प्रकाश ढकाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ।

गीतमा नेत्र भण्डारी र लोकप्रिय गायिका पूर्णकला विसीको सुमधुर आवाजले लोकसंगीतप्रेमीलाई मन्त्रमुग्ध बनाएको छ। ‘टुच्च लायासी’ को आकर्षक शब्दरचना स्वयं गीतकार प्रकाश ढकालले गरेका हुन् भने, लय सिर्जना पनि ढकालकै रहेको छ। यस गीतमा विमल छिनालको आकर्षक म्युजिक एरेन्जले गीतलाई थप मिठास दिएको छ।

भिडियोतर्फ पनि गीत ग्यालमर भएकै कारण दर्शक स्रोताको मन जित्न सक्ने देखिएको छ । बद्री विष्ट, भेष केसी, करिश्मा शाही र अन्जु अधिकारीको सशक्त तथा लोभलाग्दो अभिनयले गीतलाई जीवन्तता प्रदान गरेको छ। प्रस्तुत गीतले लोक संगीतमा नयाँ स्वाद थपेको छ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar