थाइल्याण्ड ओपन करातेमा एरिकाले जितिन् स्वर्ण

0 Min Read

१४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला कुमिते +६८ केजीमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् ।

एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar