विभिन्न कालखण्डमा अर्थमन्त्रीज्यूहरूले योजना बैंक कार्यान्वयन गर्ने भन्नुहुन्थ्यो तर अन्तिममा त्यो हुँदैनथ्यो । योपटक त्यस्तो भएको छैन भनिएको छ, त्यसो हो भने यसलाई विकास निर्माणको गति बढाउने कुरामा र शैली परिवर्तन गर्ने कुरामा एउटा राम्रो फड्को मान्न सकिन्छ ।

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको दुईतिहाइ बहुमतको सरकारले ल्याएको बजेट कस्तो छ ? बजेटले आम सर्वसाधारणदेखि निजी क्षेत्रका सरोकार सम्बोधन गर्न सक्यो सकेन ? यो दूरगामी प्रभाव कस्तो रहला ? यिनै सेरोफेरोमा रहेर अनलाइनखबरका जनार्दन बरालले राष्ट्रिय योजना आयोगको सदस्य रहिसकेका अर्थशास्त्री डा. रमेश पौडेलसँग कुराकानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
















