देशभर ठप्प सार्वजनिक यातायात : व्यवसायीको आक्रोश सडकमा

1 Min Read

‘राइड सेयरिङ’को विवादले चुलिएको असन्तोष अन्ततः देशव्यापी सडकमै पोखिएको छ। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आव्हानमा आज सोमबार बिहानदेखि देशैभर सार्वजनिक यातायात ठप्प बनेको छ। अनिश्चितकालीन बन्दसँगै यात्रुहरू अलपत्र परेका छन् भने सरकारको मौनताले झनै आक्रोश बढाएको छ।

काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा बिहानैदेखि एकथरी गाडी समेत चलेका छैनन्। निजी सवारीसाधन भने आंशिक रूपमा सञ्चालनमा देखिएका छन्।

ग्यारेजमै थन्किए सार्वजनिक गाडीहरू

समितिको निर्देशन अनुसार सार्वजनिक यातायात व्यवसायीहरू र मजदुरहरूले गाडी ग्यारेजमै थन्क्याएका छन्। आन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, र नेपाल यातायात मजदुर संगठनको सक्रिय सहभागिता देखिएको छ।

के हो विवादको जरो?

गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ नियमावली मुख्य विवादको केन्द्रमा छ। ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका १० वर्ष पुराना दुईपाङ्ग्रे र १५ वर्ष पुराना चारपाङ्ग्रे सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने निर्णयविरुद्ध व्यवसायी आक्रोशित छन्।
व्यवसायीहरूका अनुसार, यो निर्णय संविधानको धारा ५७, सवारी ऐन २०४९ का दफा ८(२) र १२(१) विपरित छ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar