
पनौती (काभ्रे), असार १० —
पनौती नगरपालिका–४ टौखालमा एकजना महिलामाथि छिमेकी परिवारद्वारा गरिएको सामूहिक कुटपिटको घटना सार्वजनिक भएको छ। स्थानीय सरस्वती राउतमाथि आज बिहान छिमेकी राजु श्रेष्ठ र उनको परिवारले हातपात गरी गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ।
घटनापछि राजु श्रेष्ठको नाममा प्रहरीमा निवेदन दिइएको छ। हामिले घटना बारे बुज्न फोन गर्दा हालसम्म सम्पर्कबाहिर रहेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ भने पीडित पक्षले निष्पक्ष छानबिन र दोषीलाई तत्काल कारबाहीको माग गरेको छ।

घटनापछि स्थानिय स्तरमा आक्रोश फैलिएको छ। समाज एक्लै भएको मौका मा महिलामाथि परिवार नै समूहमा आएर कुटपिट गर्नु निन्दनीय भएको स्थानीयवासीहरूको भनाइ छ। “सामान्य बाटोको हिलो हटाउने कामलाई लिएर यस्तो हिंसा हुनु कुनै हालतमा स्वीकार्य हुँदैन,” स्थानीय बुद्धिजीवीले बताएका छन्।





