नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले जस्लाई पनि मुद्दा दायर गरी दुःख दिने गरेको कुरा एक पछि अर्को समाचारहरु बाहिर आएका छन् । आफ्नो छोरा जयवीर सिंह देउवाले काठमाडौंको नक्सालमा रहेको हिल्टन होटल बारेको सम्बन्धि समाचार पत्रकार दिलभूषण पाठकले आप्mनो युट्युब च्यानलमा राखेपछि राणा देउवा पुत्र जयवीरले पत्रकार पाठकलाई साइबर क्राइम मुद्दा लगाएर पक्रन खोजिएको थियो । सोमबार उच्च अदालत पाटनले पाठकलाई नपक्रन् आदेश दिएको छ ।

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । यसअघि नागरिक दैनिककी निर्देशक शुवेक्षा ज्ञावलीलाई मन्त्री राणाको फोनबाट समाचारको विषयमा धम्की आएको कुरा सञ्चार माध्यममा छ्याप्पती थियो ।
















