प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

1 Min Read

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ ।

करिब ११ करोडको लागत अनुमान गरिएको पुल निर्माण नहुँदा काभ्रेको खानीखोला र बागमती गाउँपालिकाका स्थानीय सास्ती खेप्न बाध्य छन् ।

खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिको टोलीले मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केलाई बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।

जनप्रतिनिधीको टोलीले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए ।

टोलीले २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नभएको भन्दै देविटार तिनखुट्टे खण्डको निर्माणमा तदारुकता दिन ध्यानाकर्षण गराएका थिए । बागमती प्रदेश सरकारको गौरवको आयोजना रहेको निर्माणाधिन जनमुक्ति मार्ग अन्तरगत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएकाले पुनर्निर्माणका लागि अनुरोध गर्दै खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar