बाढी महाशाखाको चेतावनी

1 Min Read

बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसमेत ३५ जिल्लामा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन आवश्यक छ। 

साथै झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यागदी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको देखिएकाले ती जिल्लाका नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन भनिएको छ। 

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar