बोलेरो जीप २५० मिटर तल खस्दा तीनजनाको मृत्यु, पाँचजना गम्भीर घाइते

0 Min Read

डोटी, असार ६ । डोटीको आदर्श गाउँपालिकामा शुक्रबार दिउँसो एक बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।

दिउँसो करिब १:४० बजे आदर्श गाउँपालिका–१, खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्र प्र ०१००१ ज १३९५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar