विश्वास जित्दै आयुर्वेद सेवा

1 Min Read

नेपाल आयुर्वेद विद्यार्थी समाज (नम्स नेपाल) द्वारा मङ्गलबार यहाँ आयोजित ‘सङ्घीय स्वास्थ्य प्रणालीमा आयुर्वेद र वैकल्पिक चिकित्सामार्फत प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण’ विषय सामूहिक विमर्शका वक्ताले त्यस्तो बताउनुभएको हो ।

डा. पाण्डेले योगकै उद्गम स्थलका रूपमा रहेको नेपालमा योग चिकित्सालाई राज्यको तर्फबाट उचित स्थान र वैधानिकता नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “योग तथा प्राकृतिक चिकित्साका लागि राज्यको स्वास्थ्य कार्यक्रममा एउटा पनि दरबन्दी सिर्जना गरिएको छैन ।” उहाँका अनुसार नेपालमा योग तथा प्राकृतिक चिकित्सा प्रणालीका ७३ जना चिकित्सक छन् ।

नम्स नेपालका अध्यक्ष डा. जिवा सुवेदी, काउन्सिलका अध्यक्ष प्राडा श्याममणि अधिकारी, डा. रवीन भुसाल, डा. प्रतीक्षा पाण्डे र कविराज निरीक्षक गोकुल पराजुलीलगायतले नेपालमा आयुर्वेद चिकित्साले ठुलो फड्को मारिसकेको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अतिथिले नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा प्रकाशित जर्नल ‘आयुर भिजन’ को १८ औँ अङ्कको लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar