“सामाजिक अभियन्ता अधिकारीको समन्वयमा पिडित लाई महत्त्वपूर्ण सहयोग”

3 Min Read

🕐 शुक्रवार , जेठ २३, २०८२  💬 खानीखोला डटकम – Khanikhola.com

काभ्रे जिल्ला को एक बिकट गाउ खानीखोला गाउपालिका वडा न ६ को भ्याकुरे भन्ने एक गाउ रहेको छ यहि गाउमा बृद्द बा ८७ बर्सिय कालु रुम्बा र आमा ८२ बर्सिय आदि रुम्बा एक छोरा को साथ जेनतेन जिवन चलाउदै थिय्।नियमित कमाइको खोजि गर्दै जादा साथ मा रहेको छोरा मजदुरि गर्ने क्रम मा चापागाउ को आशपास मा काम को शिलसिला मा पर्खाल भत्किएर पुरिन पुग्छन र ज्यान जोगाउन सकेनन ।बृद्द बा आमा मन समालेर भाग्य मा यस्तै रहेछ भन्ने सोच्दै आफ्नो सस्कार अनुसार काजकिरिया हरु गर्दै गए ४९ दिनको काम सकेर केहि दिन मात्र के बित्तेको थियो मिति २०८२ बैशाख १३ गतेका दिन दिउसो एक्कासि घर मा आगो लागी भयो र पुर्ण रुपमा खरानि मा परिणत हुन पुग्यो।

सामाजिक सन्जाल मा भिडियो आयो फोटो हरु आयो नियाल्दै गए बा आमा लाई सहायता को सानो मान्छेको सानो सोच कतै बाट सहयोग भएको देखिन मेरो गाउ कै अलि तल पर्ने यो गाउ मेरो आफ्नै घर झै लाग्ने निकै सोचे एक दिन देखे खानीखोला गाउपालिका को मेरो एक उदाहरणीय सामाजिक अभियन्ता आदरणीय दाइ राजन अधिकारी मार्फत केहि सहयोग हस्तान्तरण भनेर देखे सुने र फोटो हरु हेरे मेरो मन हरु झन छटपट भयो सबै जलेको घर केहि समान छैन के खाने के लाउने के मा पकाउने होला भन्ने पिडा ले सताइ रह्यो सोच्दै प्रीया ले भनिन्।

केहिदिन पहिला जन्म दिन आयो साथिहरुले आज त रमाइलो गर्नुपर्छ भनेर प्रस्ताब हरु आउदै गर्दा प्रीयालाइ भने तिनै बा आमा को चिन्ता मै मन हरु रुमलिरहेकै रहेछन यसै बिच सामाजिक सन्जाल मार्फत एउटा प्रश्न गर्नुभयो तपाइले केहि समान हरु जम्मा गरेर पठाइदिन सक्नुहुन्छ ? सेवामा तल्लिन राजन किन सक्दिन भन्थे र प्रीयाको क्षमता ले सक्ने जति सकेसम्म एक सरो समान पठाउने प्रयत्न स्वरुप निम्न सहयोग बनेपा पनौति मा खरीद गरि स्थानिय शिक्षक योगेन्द्र पुलामि मार्फत गाउमा पिडित लाई हस्तान्तरण गरिएको छ। समान हरु : १. कपडा कमिज सुरुवाल सेट २. धोति, पेटिकोट, चौबन्दि , धागो, काटा, थैलि, ३. चप्पल २ जोर ४. कराइ १ , ५. डेक्चि १, ६. थाल २, ७. गिलास ४, ८. जग १, ९. डाडु पन्यौ १०. कचौरा २ , ११. चामल, दाल, चिनि, चियापत्ति, साबुन दुबै, जिरा, मरिच उपलब्ध गराइएको छ। यस्तो बिप्पति मा यति ठुलो सहयोग गर्नु भएको मा समन्वय गर्नुहुने राजन अधिकारी, बुवा छबिलाल, आमा नन्दि माया दिदि प्रमिला , भाई नवराज लगाएत सबैलाई धन्यवाद दिन चाहन्छु भने बिशेष धन्यवाद परिश्रम गर्न गाउ बाट टाढा रहेर पसिना बागाउदै पनि गास रमाइलो छाडेर सहयोग गर्नुहुने प्रीया नानिलाई दिन चाहन्छु स्थानिय र शिक्षक ले भन्नु भयो।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar