सूर्यमुखी सहकारी को सदस्य लाइ जानाकारी……..

2 Min Read

प्रिय ऋणी सदस्य ज्यू,

हिजो तपाईंको बन्दै गरेको घरको छानो हाल्न पैसा पुगेन भनेर सहकारी बाट ऋण लिनु भो, छानो हाल्नु भो, छोराको भिजा लाग्यो सहकारीले ऋण दिनु पर्यो भन्नु भो ऋण लिनु भो, छोरीको कलेज भर्ना गर्न पैसा चाहियो भन्नु भो ऋण लिनु भो, श्रीमतीको उपचारमा पैसा पुगेन भन्नु भो ऋण लिनु भो, खाडीमुलुक छिर्न लाई टिकटको पैसा पुगेन भन्नु भो, ऋण लिनु भयो, कृषि कर्म गर्छु, भैंसी पाल्छु, व्यवसाय गर्छु, पसल गर्छु, कुखुरा पाल्छु, आत्मनिर्भर बन्छु भन्नु भो ऋण लिनु भो, कसैको सापटी फिर्ता गर्न नसकेर तपाईंको ससुराली सम्म जान लाज हुँदा, बैंकले घर घडेरी लिलामीमा निकाल्दा तपाईँ सहकारी मै आउनु भो, किनकि यो तपाईंको आफ्नै स्वामित्वको आफ्नै सन्तान जस्तै तपाईंको आफ्नै सहकारी जसले तपाईंको इज्जत पल पलमा बचाउँदै आयो तर तपाईँले लगेको ऋण तिर्न तपाईँ कहिल्यै आउनु भएन किन ?? के सिंगो सहकारी तपाईँको दैलो मै आउनु पर्ने हो र ? त्यो हो भने पनि हामी अवश्य आउनेछौँ। तर हामीलाई विश्वास छ त्यो भन्दा पहिला तपाईँ नै यस सहकारीमा आएर आफ्नो नाउँको हिसाब किताब मिलान गर्नु हुनेछ । तपाईंले लगेको ऋण तिर्नको लागि अर्को कोही आउँदैन..तपाईँ बाहेक !! बुझ्नु भयो नि ? कि अझै थप्नु पर्छ, एउटा सत्य कुरा के हो भने तपाईंले लिएको ऋण तिर्नै पर्छ.. यसको कुनै पनि विकल्प छैन किनकि यो पैसा तपाईँ जस्तै अर्को सदस्यको बचतको पैसा हो। कुनै सरकारी अनुदान होइन ..🌻

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *