गण्डकी प्रदेशका १३ अस्पतालको स्तरोन्नति गरिने भएको छ । मन्त्रिपरिषद्को २०८२ जेठ १२ गते बसेको बैठकले थप ९ वटा अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

सअघि २ वटा आयुर्वेद अस्पतालसहित ४ अस्पतालहरूको स्तरोन्नति गरिएको थियो । पछिल्लो समय थप हुँदा गण्डकी प्रदेशमा अब १३ अस्पतालको स्तरोन्नति हुने भएको हो ।

सरकारले १३ वटै अस्पतालहरूको कर्मचारी संरचना र शय्या संख्यासमेत निर्धारण गरेको छ । हाल रहेको २ सय २० शय्या स्तरोन्नतिपछि ६ सय ५० पुग्नेछ । कर्मचारी पनि ३ सय २५ बाट बढेर ८ सय २७ पुगेको छ । यी अस्पतालमा हाल करारमा कार्यरत कर्मचारीहरूको तलब सुविधा आन्तरिक स्रोतबाट भइरहेकोमा स्तरोन्नतिपछि सरकारले नै सबै व्यहोर्ने छ ।


प्रतिक्रिया दिनुहोस
















