स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७१ करोड

1 Min Read

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ।

महालेखापरीक्षकको ६२औं प्रतिवेदनले मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजु रकम सार्वजनिक गरेको हो। 

यसैगरी संगठित, अन्य संस्था र समिति तर्फ पनि प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड भन्दा बढी रकम फर्स्यौट भएको छ।

‘संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड ७७ लाख ११ हजार फर्स्यौंट गरेकोले १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी रहेको छ। सोमध्ये२६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की रहेको छ,’  प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *