यो बर्षको कक्षा १२ को परीक्षाफलमा नेपाल प्रहरी स्कुल, निस्ट बनेपा र बेलरका विद्यार्थीले ल्याए ३.९६ जिपिए ल्याएर जिल्ला प्रथम भएका छन् । नेपाल प्रहरी विद्यालय साँगाका दुई जना विद्यार्थीले बिज्ञान संकायमा दुई ३.९६ जिपिए प्राप्त गरेका छन् । विद्यालयका अनुसार नविन गुप्ता र गगनकुमार सिंहले ३.९६ जिपिए प्राप्त गरेका छन् । विद्यालयका शिक्षक हरि कार्कीका अनुसार विद्यालयका दुई जना विद्यार्थीले सो नजिता ल्याउन सकेका हुन् ।
त्यस्तै, व्यवस्थापन संकायमा सोही विद्यालयको विद्यार्थी आयुस्मा खड्काले ३.९१ जिपिए ल्याउनु भएको छ । व्यवस्थापनमा सबैभन्दा धेरै अंक उहाँले नै ल्याएको अनुमान गरिएको छ ।
बनेपा निष्टमा अध्ययनरत विज्ञान संकायका तीन जना विद्यार्थीहरुले ३.९६ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । आया भोक्षिभोया, आयाम श्रेस्ठ र सृष्टी जिरेलले ३.९६ जिपिए प्राप्त गरेको विद्यालयले आफ्नो फेसबुक पेजमा हालेको छ । त्यस्तै बनेपामा रहेको बेलर एकेडेमीमा विद्यार्थी अध्ययनरत विद्यार्थी सिद्दान्त तिमल्सिनाले ३.९६ जिपिए प्राप्त गरेका छन् ।
नेपाल प्रहरी स्कुल, निस्ट बनेपा र बेलरका विद्यार्थीले ल्याए ३.९६ जिपिए
प्रतिक्रिया दिनुहोस
Khanikhola Khabar
Leave a review
















