प्याब्सनले गर्यो, विद्यार्थी,शिक्षक,विद्यालय र अभिभावकलाई सम्मान

2 Min Read

बनेपा÷ निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काभ्रेले एकै मंचमा विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकलाई सम्मान गरेको छ ।
यो बर्षको एसईई उत्र्तिण विद्यार्थीहरुलाई सम्मानको उदेश्यले आयोजना गरेको कार्यक्रममा जिल्लाका सात वटा स्थानीय तहका ५० विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो ।
यो बर्ष प्याब्सनमा आबद्ध एक हजा ५ सय ५ विद्यार्थी सहभागि भएका मध्ये १४ सय ८७ जनाले ग्रेड प्राप्त गरेका छन् । प्याब्सनमा आवद्ध विद्यालयबाट सहभागि विद्यार्थीहरु मध्ये ९९ प्रतिशत विद्यार्थी उत्र्तिण भएको अध्यक्ष श्यामबहादुर भुजेलले उल्लेख गर्नुभयो ।
यो बर्षको परीषामा ३.६१ देखि ४ जिपिएसम्म ल्याउन सफल विद्यार्थी ५ सय ९२ जना विद्यार्थी सम्मानित गरेको उपाध्यक्ष बसन्त नेपालले जानकारी दिनुभयो ।


सो अवसरमा ४ जिपिए ल्याउने विद्यार्थीका अभिभावकलाई पनि सम्मान गरिएको थियो । जिल्ला भरमा उच्चतम जिपिए ३.९६ ल्याउन सफल तीन विद्यालयका तीन विधार्थीहरु सम्मानित भए ।
विषयगत रुपमा उच्चतम औसत जिपिए हासील गर्न सफल ९ वटा विषयका शिक्षक तथा शिक्षिकाहरु सम्मानित भएका छन् । कुल जिपिएको उच्चतम औसत जिपिए हासिल गर्न सफल विद्यालय, शत प्रतिशत नतिजा हासिल गर्न सफल ३८ विद्यालय, २५ वर्षसम्म अनवरत सेवा गर्ने दीर्घसेवी शिक्षक÷कर्मचारीहरु १० जना सम्मानित भएका छन् ।
शैक्षिक सत्र २०८१ मा सबै भन्दा धेरै लेबी तिर्ने विद्यालय, ५० वटा विद्यालयहरुबाट उच्चतम जिपिए ल्याई विद्यालय प्रथम हुने विद्यार्थीहरु सम्मानित गरिएको छ । माध्यमिक शिक्षा परीक्षामा उच्च्तम जिपिए ल्याई विद्यालय प्रथम हुने विद्यार्थीहरु, माध्यमिक शिक्षा परीक्षामा उच्चतम औसत जिपिए ल्याउन सफल न्यू राईजिङ्ग इङ्गलिस सेकेन्डरी विद्यालयलाई बेस्ट स्कुल अफ द ईएरबाट सम्मानित भएको छ । अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन काभ्रेका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले संस्कारयुक्त शिक्षा सहित प्रविधिमा उच्च नागरिक जन्माउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *